पोखरा । कलाकारहरु राष्ट्रका गहना भएकाले आफ्नो अधिकार प्राप्तीका लागी सबै कलाकारहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प नरहेको एक कार्यक्रममा बताइएको छ ।
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको शनिवार पोखरामा भएको दोस्रो अधिबेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव विक्रम जंग शाहले सो कुरा बताएका छन् । अग्रजहरुको सम्मान गर्दे बस्ति भित्र लुकेर रहेका हस्थिहरुको खोजी गरी उनीहरुको प्रतिभालाई उजागर गर्दे लैजानु अहिलेको आवश्यकता रहेकोले सो को लागी संस्था प्रतिवद्ध रहेको शाहले बताए ।
कोरोना भाइरसको प्रकोपका कारण देशमा भएको लकडाउनमा काठमाण्डौं लगायतका जिल्लामा सस्थाले अहोरात्र खटेर कलाकार लगायत आम सर्वसाधारणलाई खाद्यान्न लगायतका राहत सामाग्री बितरण गरेको बताएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि सन्तोष अधिकारीले आफ्नो धारणा राख्दै राष्ट्रिय संगितकर्मी संघ मात्रै कलाकारहरुको हक हितका लागि लड्न सक्ने एक मात्र संस्था भएकोले सम्पुर्ण कलाकारहरुलाई आवद्द हुन आग्रह गरेका छन् ।
अधिवेशनबाट कृष्ण प्रसाद गौतमको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्यसमिती सर्वसहमतीले चयन गरिएको छ जसको उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष प्रशान्त सुनार, प्रथम उपाध्यक्ष करण तामाङ, द्वित्तीय उपाध्यक्ष अनिता पन्त , महिला उपाध्यक्ष लक्ष्मी नेपाली , महासचिब शंखर ढकाल , सचिब अर्जुन सापकोटा, बालकृष्ण शर्मा , महिला सचिब पवित्रा काफ्ले, कोषाध्यक्ष मिठु झा , सह कोषाध्यक्ष प्रतिमा भट्टराई , गंगा पौडेल , शुरेस भुर्तेल, सदस्यहरु गोविन्द प्रसाद अधिकारी, खिमलाल देवकोटा, गम बहादुर न्यौपाने, अ्म्बिका भण्डारी , कल्पना सिग्देल , किरण शर्मा, संगम शर्मा , प्रज्वल भित्रकोटि, रामकुमार थापा मगर, पुजा गुरुङ, बिरु बस्याल , सुजिता राना , डीबी मजाकोटी, लिला पौडेल , समिक्षा घर्ती र पुर्ण वाग्ले इतिहास रहेका छन् ।
सय बढी कलाकार एवं प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रम टंक डुम्रेको अध्यक्षता राष्ट्रिय संगितकर्मी संघका महासचिब बिक्रमजंग शाहको प्रमुख आथित्यता , केन्द्रीय सदस्य सन्तोष अधिकारीको बिशिष्ट आथित्यता, केन्द्रीय सदस्य रिना थापा मगर, शिवम डिजिटलका संचालक शिब भुर्तेल लगायतको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब कृष्ण प्रसाद गौतमले गरेका थिए ।।