थप १०५ जनामा कोरोना पुष्टि, २४ घण्टामा ९९ जना संक्रमण मुक्त

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०५ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७२ हजार ९४५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५८७ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६९ हजार ३०३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३६० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख २३ हजार ९५१ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७४ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ५८७ जना रहेका छन् ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like