सपनामाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग पक्राउ

by समतल अनलाइन

काठमाडौं । सपना रोक्का मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट आज (मंगलबार) पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

उनी विरुद्ध बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै आइतबार उजुरी दिएकी थिइन् । बस्नेतले अनलाइनमार्फत अभद्र व्यवहार गरेको सपनाको उजुरीमा उल्लेख रहेको एसएसपी सिंहले जानकारी दिएका छन् ।

उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर शान्ति सुरक्षाको माग समेत गरेकी थिइन् ।बेवारिसे शव व्यवस्थापन गरी चर्चामा आएकी सपना बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् ।

सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् । बस्नेत र सपनाले यसअघि आफूहरु बाबु–छोरी बताउँदै आएका थिए । पछिल्लो समय सपना र बस्नेतबीच विवाद बढेको थियो ।

 
 
  
 

You may also like