भैरहवा। नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । बिरोध कार्यक्रममा स्वतःस्फूर्त रुपमा लाखौ जनशक्ति कार्यक्रममा आउने बताए ।
कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरे पनि कांग्रेसले त्यस्तो नगर्ने उनको भनाई थियो । नेपाली कांग्रेसका भातृ संगठन, सुभेच्छुक संस्था र क्रियाशिल सदस्य एवम अन्य सर्वसाधारण कार्यक्रममा सहभागी हुने उनले बताए ।
नेपाली कांग्रेस जिल्लाक कार्य समिति रुपन्देहीको आयोजनामा सोमबार बिहान ११ बजेदेखी भैरहवाको बुद्धचोकबाट ¥यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर बिरोधसभाको आयोजना हुने जिल्ला सभापति रज्जाकले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले ओली सरकार अहिले निरंकुश हुदै गएकोले त्यसैको बिरोध स्वरुप बिरोध कार्यक्रमहरुको आयोजना गरिएको जनाए । अयलनचभकक।वउन