”बुटवल रक्स”को सांगेतिक प्रस्तुतिमा दर्शक झुमे !

by समतल अनलाइन

बुटवल । ‘बुटवल रक्स’को आयोजनामा बुटवलस्थित ओजस लाउण्जमा विशेष सांगितीक प्रस्तुती ‘एकस्टिक लाइभ सो’भएको छ ।बुटवल, भैरहवासहित रुपन्देहीका विभिन्न व्याण्डहरु रहेको समूहले आपसी भेटघाट र सांगितीक विकासका लागि कार्यक्रम आयोजना गरेको बुटवल रक्सका अध्यक्ष तथा गायक बसन्त श्रेष्ठले  बताए ।

कार्यक्रममा बसन एण्ड क्रुज, रकजिन, अंकिता पुन , सागर थापा , प्रनिस एण्ड टिम र संस्कारसहित ६ वटा व्याण्डहरुको सहभागिता रहेको थियो । कार्यक्रममा व्याण्डहरुले नेपाली तथा अंग्रेजी गीतहरु प्रस्तुत गरेको कार्यक्रमका संयोजक अजिप श्रेष्ठले बताए । कार्यक्रममा डेसिबल साउण्डको विशेष सहयोग रहेको थियो भने अनुप प्रधानले साउण्ड इञ्जिनियरिङ्ग गरेको थियो ।

कार्यक्रममा व्याण्डहरुसँगै संगीतप्रेमीहरुको पनि उत्साहजन सहभागिता रहेको उनले बताए । व्याण्डहरुले आफ्नो गीतबाट दर्शक तथा श्रोतासामु थप परिचित र निकट भएको संयोजक अजिप श्रेष्ठले दावी गरे ।

कार्यक्रम बुटवल रक्सका मनिस गुरुङले सञ्चालन गरेका थिए बुटवल रक्स’ सांगितीक व्याण्डहरुको क्रियाशील समूह हो ।

 

 
 
  
 

You may also like