नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा भोलि हुदै

by समतल अनलाइन

बुटवल।नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा बुधबार हुँदै छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा हुने भएको हो । बुटवल मिलनचोक स्थित सिद्धार्थ कटेजमा विहान ११ बजे हुने साधरणसभामा सहभागी हुन महासंघले सबै सदस्यहरुलाई अनुरोध गरेको छ ।

महासंघको साधरणसभाको आवश्यक तयारी पूरा भएको महासंघका अध्यक्ष यानेन्द्र जिसिले जानकारी दिए । साधरणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहाकार, रुपन्देहीका विभिन्न संघसंस्था प्रतिनिधि एंव साधरण सदस्यहरुको सहभागिता रहने सचिव रामप्रसाद आचार्यले जानकारी दिए।

 
 
  
 

You may also like