अधिकांश स्थानमा बाक्लो हुस्सु लाग्ने, यस्तो रहने छ आगामी तीन दिन

by समतल अनलाइन

काठमाडौं। पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव नेपालको मौसमी प्रणालीमा परेको छ ।अहिले (आइतबार बिहान) देशको पहाडी भेगका थोरै र तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो र राति प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस
आज (आइतबार) काठमाडौको न्यूनतम तापक्रम आज १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौंको न्यूनतम दुई दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । रातको समयमा आकाश खुल्दा न्यूनतम तापक्रम घटेको हो ।

यस्तो रहने छ आगामी तीन दिन
माघ १८ गते आइतबार
दिउँसो – प्रदेश नम्बर १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
माघ १९ गते सोमबार
दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ २० गते मंगलबार
दिउँसो – देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति – देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 
 
  
 

You may also like