प्रचण्डको प्रश्न : गणतन्त्रका लागि छोराछोरी आन्दोलनमा सहभागी गराउनु मेरो गल्ती हो !

by समतल अनलाइन

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा आज ९शुक्रबार० विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछि प्रधानमन्त्री केपी ओलीले आफूमाथि अत्याचार गर्न थालेको भन्दै नागरिकसँग न्याय मागेका छन् ।

अध्यक्ष प्रचण्डले ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेर्‍यो भनेर आरोप लगाउने र अपमानित गरेको बताए । आफूलाई केही साथीले ‘प्रचण्डले त छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन् भन्छन् त ओलीले, के यो सही हो रु’ भनेर प्रश्न सोध्ने गरेको पनि दाहालले बताएका छन् ।

प्रचण्डले सभामै यसबारे प्रष्ट पार्दै भने, ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो रु मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो रु मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो रु मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौं मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो रु’

त्यस्तै दाहालले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको बताएका छन् । प्रचण्डले भने, ‘म तपाईहरुसँग न्याय चाहन्छु । केपी ओलीले अत्याचार गर्न खोजे शान्ति र समृद्धिको नयाँ युगतिर लैजान पहल गर्‍यो, जसले त्याग र बलिदानीको कीर्तिमान बनायो त्यसको हुर्मत लिने त्यसलाई ह्युमिलियट गर्ने अपमानित गर्ने रु तर राजा–महाराजा र तिनका दलालहरुलाई चाहिँ सम्मान गर्ने सही हो । म तपाईंहरुसँग प्रश्न गर्न चाहन्छु के मैले गल्ती गरेको हो रु’

अध्यक्ष प्रचण्डले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए । ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर के मैले गल्ती गरेको हो रु छोराछोरी भएपछि बिहेबारी हुन्छ, ज्वाइँ हुन्छन्,’ दाहालले भने, ‘धर्म छोराछोरी भन्दै कोचाउने चाहिँ सही हो रु जसलाई मन लाग्यो त्यसलाई आफ्ना हनुमानहरुलाई आफ्ना छोराछोरी भन्नु मात्रै सही हो ।

आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै प्रचण्डले थपे, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’

 
 
  
 

You may also like