बुटवलमा खुल्यो अन्नपूर्ण हाइपर मार्केट

by समतल अनलाइन

बुटवल। शैक्षिक सामाग्रि विक्रि गर्नेगरी सञ्चालन गरिएको डेल्टा एजुकेशन मार्टले अन्नपूर्ण हाइपर मार्केटीङ्संग साझेदारी गरी एउटै छानामुनी शैक्षिक, खेलकुद तथा फर्निसिङ्का सामाग्रि बिक्रि पसल सञ्चालनको तयारी गरिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो करदाता बन्ने लक्ष्य सहित मार्ट सञ्चालनको लागि डेल्टा एजुकेशनल मार्ट प्रा.ली.ले ५६ जना शेयर सदस्यबाट ३४ करोड लगानी गरेको छ भने अन्नपूर्ण हाईपर मार्केटिङ् प्रा.लीले ५ करोड लगानी गरेको छ ।

आधुनिक मार्ट संस्कृतिमा उपभोक्ताको आकर्षण बढ्दै गएको पछिल्लो समयमा यसको व्यापकतालाई पहिचान गरि डेल्टा एजुकेशनल मार्ट प्रा।ली। र अन्नपूर्ण हाईपर मार्केटिङ् प्रा।ली।ले साझेदारी गरिएको डेल्टा एजुकेशनल मार्ट प्रा।ली।का अध्यक्ष लोकनाथ उपाध्यायले जानकारी गराउनु भयो ।

व्यस्त मानवजीवनलाई सहजता प्रदान गर्नेगरी बुटवलको मिलनचोकमा सुरु गर्न लागिएको दुई संस्थाको एकद्वार प्रणालीको सेवा यहि माघको १२ गते सोमबार शुभारम्भ गरिने छ । मार्टका बारेमा जानकारी गराउन शनिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डेल्टा एजुकेशनल मार्टका अध्यक्ष उपाध्यायले लघु उद्यमी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिई व्यबसाय सञ्चालन गरिने बताउनु भयो ।
मार्टको पहिलो तलामा ग्रोसरीसहित फलफूल, तरकारी तथा माछामासुजन्य सामाग्रि राखिनेछ । त्यस्तै दोस्रो तलामा शैक्षिक सामाग्रि र तेस्रो तलामा खेलकुद तथा फर्निचरका सामाग्रि राखिने जानकारी गराईएको छ । एउटै छानामुनी सबै प्रकारका सामाग्रि पाईने र ठूलो परिणामा खरिदबिक्रि समेत हुनेभएकोले उपभोक्ताले बाहिरको बजारमा भन्दा सस्तो मुल्यमा सामान पाउने उहाँले दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा अन्नपूर्ण हाईपर मार्केटिङ्का अध्यक्ष तथा प्रवन्ध निदेर्शक चोलाकान्त पाठकले दैनिक ज्यालामजदुरी गरि खानेदेखि प्रतिष्ठित घरानाको समेत आवश्यकता पूरा गर्ने गरी मार्ट सञ्चालन गरिने भएकोले लो, मिडियम र हाई प्राईजका सामान राखिने बताउनु भयो । मार्टले स्वदेशी, लघु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिएको र उपभोक्ताको चाहना अनुसार विदेशी उत्पादन समेत मार्टमा राखिने उहाँले बताउनु भयो ।

 
 
  
 

You may also like