काभ्रेको तीन स्थानमा बम फेला, सेनाले निस्क्रिय पारेपछि खुल्यो बीपी राजमार्ग

by समतल अनलाइन

काभ्रेपलाञ्चोक। काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्केस्थित वीपी राजमार्गमा सिलिण्डर बम र बनेपा नगरपालिका बुडोलस्थित सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

काभ्रेपलाञ्चोकको बनेपामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोजल गरिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । यस्तै गएराति पनि बनेपामा केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य शुरु गरेको थियो । बिहान ३ बजेदेखि अहिलेसम्म ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको र बीपी राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाई भएको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहले आफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज (शनिबार) नेपाल बन्दको आह्वान गरेका छ । यसै क्रममा हिजो साँझ काभ्रेको बेथानचोकमा बम विष्फोट भएको थियो ।

 

 
 
  
 

You may also like