थप ४०९ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४०९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ६३ हजार १९३ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५६ हजार १६१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.३ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७०६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ६४ हजार १६० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ५ हजार १३३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like