नेकपा अध्यक्ष माधव नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ ।

चितियाँ टोलीले बिहान नौ बजेदेखि साढे दश (डेढ घण्टा) बजेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो । नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो ।

यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी,बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । त्यसैगरी प्रचण्डलाई भेट्न उनकै खुमलटार पुगेको टोली लगत्तै बानेश्वरस्थित एभरेष्ट होटल पुगेको थियो ।

नेकपामा विवाद संसद विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । आइतबार काठमाडौं उत्रिए लगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ ।

 
 
  
 

You may also like