काठमाडौं । मानिसहरु च्यारिटी अर्थात दान गर्दा, केहि समय राम्रो काममा बिताएको र अरुलाई सहयोग गर्दा पाउने न्यानो अनुभवले खुसी हुने गर्दछन् । यसले मनमा शान्ति अनुभव हुने मात्र होइन स्वास्थ्यलाई पनि सन्तुलनमा राख्न सहयोग गर्दछ ।
बेटी लोई ९६ वर्षको हुँदाको समय देखि उनको बारेमा समाचार माध्यममा निकै चर्चा चलेको थियो किनभने उनी रिटायर हुने उमेरमा पनि वेलायतको सलफोर्ड रोयल अस्पतालमा स्वयंसेवकको रुपमा काम गर्दै थिइन् । उनी क्याफेका ग्राहकहरुलाई कफी सर्भ गर्ने, भाँडा माझ्ने र मानिसहरुसंग कुराकानी गर्थिन् ।
“अहिले लोई सय वर्षकी भएकी छिन् तर उनी अझैपनि त्यहि अस्पतालमा स्वयंसेवकको रुपमा कार्यरत छिन्” समाचार माध्यमको हेडलाइन बन्यो ।
उनी १०२ वर्षकी भइन्, १०४ वर्ष र १०६ वर्षको हुँदा पनि सोहि अस्पतालमा काम गरिन् । उनले आँखा कम देख्न थालेकी थिइन् तर पनि आफ्नो काममा निकै रमाइरहेकी थिइन् । उनले आफ्नो अन्तरवार्तामा भनेकी थिइन्, ” यस कामले उनलाई स्वास्थ्य बनाउने गर्छ, क्याफेमा काम गर्दा उनलाई उभिन पर्थ्यो र ग्राहकहरुसंग कुरा गर्दा उनी मानसिक तनावबाट टाढा भएको बताउने गर्थिन् ।”
वैज्ञानिकहरुको अनुसार, दयालु व्यवहार, सहयोग गर्दा र पैसा दान गर्दा, स्वास्थ्य रहने र धेरै आयु हुने गर्दछ । अनुसन्धानको अनुसार, हरियो तरकारी तथा फलफुल खाँदा जस्तो फाइदा हुन्छ समाजसेवा गर्दा पनि शरीरलाई फाइदा हुन्छ ।
अनुसन्धानको अनुसार, स्वयंसेवकको रुपमा काम गर्दा, कम आयुमा मृत्यु हुने सम्भावनालाई २४ प्रतिशतले कम गर्छ भने मधुमेह, मुटुरोगबाट पनि टाढा राख्छ र समाजसेवामा संलग्न नभएका मानिसको तुलनामा, अस्पताल भर्ना गर्नुपर्ने मामिला ३८ प्रतिशत कम हुन्छ ।
इन्डियाना युनिभर्सिटीकी प्राध्यापक, सारा कोनराथ भन्छिन्, “समाजसेवा गर्ने व्यक्ति स्वास्थ्य हुन्छ ।” पहिला देखि नै दीर्घकालीन रोगबाट पिडित मानिसको लागि पनि समाजसेवाले सकारत्मक प्रभाव पर्दछ र यसले स्वास्थ्य रहन प्रेरणा दिन्छ ।
क्यानडामा गरिएको एक अध्ययनमा कलेज पढ्ने विद्यार्थीलाई दुई वटा समूहमा राखियो, पहिलो समुहलाई दुई महिनाको लागि विद्यालयमा पढ्ने साना विद्यार्थीको शिक्षकको रुपमा काम दिइएको थियो र दोश्रो समुहलाई अर्को पटकको सुचीमा राखिएको थियो ।
चार महिनापछि जाँच गर्दा दुवै समूहका विद्यार्थीको रगतमा भिन्नता देखियो । दोश्रो समूहको तुलनामा पढाउने कार्यमा लागेका विद्यार्थीमा कम कोलस्ट्रोल स्तर देखियो र उनीहरुमा मुटुसम्बन्धी रोग लाग्न सक्ने सम्भावना पनि कम देखियो ।
यसमा सहभागी स्वयंसेवकलाई दयालु हुन भनिएको थियो जस्तै अपरिचित व्यक्तिलाई कफी किनिदिने, अरुको सहयोग गर्ने आदि । यसले उनीहरुको ल्युकोसाइट जीनमा परिवतर्न भयो र रोगप्रतिरोधात्मक क्षमता पनि बढ्दै गयो ।
महामारीको समयमा समाजसेवा कठिन छ तर कोनराथ भन्छिन्, यसलाई निरन्तरता दिन अनलाइनमा सहयोग गर्न पनि सकिन्छ । उनी भन्छिन्, ” मानिसहरुलाई फंसनल म्याग्नेटिक रिसोनेन्स इमेजिंग(एफएमआरआई) स्क्यानरमा जाँच गर्दा मानिसहरुलाई दयालु व्यवहार गर्न लगाइयो र यसले मस्तिष्कमा परेको प्रभाव र शारीरिक तनाव हुँदा देखाउने परिवर्तनको बारेमा अध्ययन गरिएको थियो । अनुसन्धानमा मानिसहरुलाई बिजुलीको झट्का दिंदै, पैसा दान गर्नेबारेमा सोच्न लगाइएको थियो । र दिमागमा दान गर्ने जस्तो परोपकारी सोच चलिरहेको समयमा बिजुलीको झट्काले दुखाएको कम अनुभव भयो ।”
दयालु व्यवहारले मानिसलाई चोट लाग्दा र शारीरिक तनाव हुँदा कम दुख्ने गर्दछ । त्यस्तै रक्तदान गर्ने मानिसलाई परिक्षण गर्दा रगत निकाल्ने समयको तुलनामा कम दुखाईको अनुभव हुन्छ । तर रक्तदान गर्दा रगत दिने सुई परिक्षण गर्दा निकालिने सुई भन्दा ठुलो हुन्छ ।त्यस्तै नातिनातिनालाई माया गर्ने र उनीहरुको रेखदेख गर्ने हजुरबा वा हजुरआमा निकै स्वास्थ्य हुने गर्दछन् । साना बालबलिकालाई रेखदेख गर्दा उनीहरुको शारीरिक व्यायाम पनि हुने गर्दछ ।
आफ्नो व्यकिगत कामको लागि पैसा खर्च गर्नुभन्दा अरु मानिसको सहयोगको लागि पैसा खर्च गर्दा निन्द्रा राम्रो लाग्ने, रक्तचाप नियन्त्रणमा हुने र हाइपरटेन्सनको उपचार हुने गर्दछ । ट्रिसटेन इनागाकी, स्यान दिगो युनिभर्सिटीमा न्युरोवैज्ञानिक हुन् ।
उनी भन्छन्, “मानिसहरु निकै दयालु हुने गर्दछन् र आपसमा मिलेर बस्दा स्वास्थ्य पनि राम्रो हुनेगर्दछ र अरुसंग जोडिनको लागि सहयोग गर्नुपर्दछ ।” उनको अध्ययनको अनुसार, ” केयरगिभिंग अर्थात् अरुको रेखदेख गर्ने र माया गर्ने प्रणालीले मस्तिष्क र स्वास्थ्यको नेटवर्कमा ठुलो सहयोग गर्दछ, यसले मानिसमा तनाव कम गर्दै लैजानेछ जब मानिस दयालु व्यवहार र बालबालिकाको स्नेह वा रेखदेख गर्छन् तब मस्तिष्कको डरको केन्द्र कम हुँदै जानेछ ।”
यो प्रतिरोधात्मक जस्तो लाग्न सक्छ कि बच्चाको हेरचाहले तनाव कम गर्छ, यदि कुनै नयाँ अभिभावकलाई सोध्यो भने उनीहरुले भन्नेछन्, बच्चाहरूको हेरचाह स्पा गएको जस्तो अनान्द आउने हुँदैन ।
तर यदि अभिभावकलाई बालबालिकाको तस्वीर देखाइयो भने उनीहरुको तनाव कम हुन्छ र यो प्रभावकारी पनि रहेको छ । तर कुनै मानिसमा दयालु भावना वा दान गर्ने प्रेरणा छैन भने के गर्ने ?
दयालु भवना मानिसमा हुने ठुलो गुण हो र यो स्वयंसेवकको रुपमा काम गर्दा, मानिसलाई केहि दान वा सहयोग गर्दा बढ्दै जान्छ । कोनराथ भन्छिन्, ” यसको मतलब जन्म देखि नै कम दयालु भावना भएका मानिस दयालु हुन सक्दैनन् भन्ने होइन ।”
“मानिसमा थुप्रै गुण हुनेगर्दछ र सबैको आफ्नो आफ्नो महत्व हुन्छ, समय संगै राम्रो कमको साथमा मानिसको गुणपनि बढ्दै जानेछ”, इनागाकी भन्छन्, “दयालु भवनाले हाम्रो मन शान्त हुनुको साथै स्वास्थ्य हुन पनि सहयोग गर्छ र आउँदो महिनामा हामीलाई झन् दयालु बान्नुपर्ने हुन्छ ।”बिबिसीबाट