जन्मदिनमा न्यानो कपडा वितरण

by समतल अनलाइन

बुटवल । बुटवलमा अध्ययन संगै व्यावसायिमा तल्लिन प्रदिप टण्डनले मानव सेवा आश्रममा आश्रय लिइरहेका ५७ जना बृद्धा एबम असहायहरुलाई न्यानो टाउजर बितरण गरेका हुन । ५७ जनालाई टाउजर बितरण गरेका प्रदिपको यो भने कुनै नौलो सामाजिक सेवा होइन । उनले बिगतका बर्ष देखिनै आफ्नो जन्मदिनमा खाना खुवाउने , बच्चाबच्चीलाई शैक्षिक सामाग्री बितरण लगायतका कार्यहरु भने गर्दै आइरहेका थिए ।

मानव सेवा आश्रम सुख्खानगरमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि ने बि संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेल रहनुभएको थियो । प्रमुख अतिथि पौडेलले मानव सेवानै सबैभन्दा ठूलो सेवा रहेको र आफू सक्दो सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।कार्यक्रममा अतिथि तिलोत्तमा जेसिज वर्ष २०१९ का अध्यक्ष जे.सि जय प्रकाश भट्टराई , लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष कमल थापा, विद्यार्थी नेता बिबेक भुसाल, अभिभावक माया कार्की लगायतले प्रदिपले गरेको उच्च सामाजिक कार्यको प्रशंसा गर्दै शुभकामना समेत ब्यक्त गरेक्क्क थिए।

 
 
  
 

You may also like