तिलोत्तमा आज ” नगरप्रमुखसंग युवा ” कार्यक्रम हुँदै

by समतल अनलाइन

बुटवल।रुपन्देही तिलोत्तमा रहेको सामाजिक संस्था नमस्ते नेपालले ” नगरप्रमुखसंग युवा ” कार्यक्रम सन्चालन आज दिउँसो २ बाट सन्चालन हुँदै छ।

स्थानीय युवाहरुले नगरप्रमुखसँग युवाहरुकै समस्यामा केन्द्रीत रही शनिबार उक्त कार्यक्रमको आयोजना गरेको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाभित्र रहेका युवाहरुको सहभागिता रहने अध्यक्ष खरेलले बताए । कार्यक्रमको  आज शुभारम्भ गरिने छ ।

नमस्ते नेपालले २०७४ सालको स्थानीय, प्रदेश र संघको निर्वाचनको पूर्वसन्ध्यमा यस क्षेत्रका उम्मेदवारहरुसँग प्रतिवद्धता माग सहितको कार्यक्रम गरेका थिए ।

निर्वाचन सम्पन्न भएको १ वर्षपछि निर्वाचित उम्मेदवारहरुसँग निर्वाचनमा प्रतिवद्धता गरेका मागका सम्बन्धमा समीक्षा समेत गरेको सचिव निराजन खरेल बताए ।

 
 
  
 

You may also like