थप ८२१ जनामा कोरोना पुष्टि, २४ घण्टामा १८ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८२१ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ४९ हजार २४४ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८४२ संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ३६ हजार ५७३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४२३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १८ लाख ३६ हजार ४६४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४७१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १० हजार ९५५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७१६ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like