प्रोटिन हब शुभारम्भ

by समतल अनलाइन

बुटवल । रुपन्देही जिल्लामा बडिबिल्डिङ गर्ने खेलाडीहरुको मागलाई ध्यानमा राखेर पौष्टिक आहार र सामग्रीहरुको प्रोटिन हब खुलेको छ । रुपन्देहीमा बडिबिल्डिङका नाम कमाएका खेलाडी सुमित रानाले बुटवल सुन्दर चोकमा सुविधासम्पन्न प्रोटिन हब शुभारम्भ गरेका छन । हबमा नाम चलेका अप्निमम, साईटेक, मसलफाम, सेलुलर, सेरियस मास गेनर लगायत १० फरक फरक ब्राण्डका पौष्टिक आहारहरुका साथै खेलकुदका सामग्रीहरु समेत उपलब्ध हुने उनले बताए । बजारमा एउटा पसलमा केवल एउटै ब्राण्ड मात्र उपलब्ध हुने गरेको भन्दै खेलाडीहरुको चाहना अनुसार एउटै थलोमा फरकफरक ब्राण्डका गुणस्तरीय पौष्टिक आहार हबमा उपलब्ध हुने गरि संचालनमा ल्याएको उनले दाबी गरे । खेलाडीहरु खेलसंगै आर्थिक आयआर्जनमा पनि लाग्नुपर्ने उनको सुझाव छ। करीब ९ लाख लगानीमा हब संचालनमा ल्याएको उनले बताए । रुपन्देहीमा जिम तथा फिटनेशका करीब ३ दर्जन ब्यायामशाला रहेका छन ।

 
 
  
 

You may also like