सियारीमा ब्यबसायिक सीप तथा व्यापार मेला सम्पन्न

by समतल अनलाइन

बुटवल । युुनेस्कोको सहयोग तथा सियारी गाउँपालिका र कञ्चनजंघा पोलिटेक्निक ईन्स्टिच्यूट नेपाल (केपीन)को संयुक्त आयोजनामा सञ्चालित व्यवसायिक सिप विकास तालिम सम्पन्न भएको थियो । सियारी ६ मा आईतबार एक कार्यक्रमको आयोजना गरी तालिमको समापनका साथै रोजगार मेला एवं राहत वितरण कार्यक्रम समेत गरिएको छ ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, युनेस्कोका प्रतिनिधी डा. धुब्र रेग्मीले तालिममा सहभागि ३२ जनालाई राहत वितरण समेत गरेका थिए । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले केही उद्यम वा व्यवसाय गर्न चाहनेका लागि आवश्यक पर्ने सीप गाउँपालिकाले दिने भन्दै उद्यम बन्नका लागि सवैलाई प्रेरित गरे । काम गर्ने ईच्छा शक्ति र जागर भएकाहरुलाई आगामी दिनमा अझै विशेष तालिमहरु ल्याउने बताउँदै उनले काम गर्ने र केह ीगर्न खोज्नेहरुले मात्र तालिममा सहभागि हुन आग्रह गरे ।

३ सय ९० घण्टे तालिममा हाते सिलाई, प्लम्बिङ र ईलेक्ट्रोनिक तालिम प्रदान गरिएको छ । कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरुले हाते सिलाई, प्लम्बिङ र ईलेक्ट्रोनिक सम्बन्धी विभिन्न प्रोजेक्ट प्रदर्शनमा समेत राखेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङले सिकेको सिपलाई व्यवहारमा लागु गर्न सके हातमुख जोर्नकै लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने बताईन । तालिम लिएर मात्र स्वरोजगार बन्न नसकिने भन्दै उनले सीपलाई व्यहारमा लागु गरेर स्वरोजगार बन्न सवैलाई आग्रह गरिन ।

 
 
  
 

You may also like