अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

by समतल अनलाइन
126Shares

काठमाडौं। बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । सो काण्डमा आरोपित उनीलगायत धेरै जनाविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ ।

बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारस्थित ललित निवासको सरकारी जमिन व्यक्तिको नाममा सार्न उनले खेलेको भूमिकासहित तीन वटा अभियोग लगाइएको छ । बन्स्यातको निर्णयबाट सरकारलाई ९ करोड ६५ लाख रुपैया घाटा लागेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भूमिसुधार मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Comments

You may also like