नेविसंघले बुटवलमा सिठ्ठी जुलुस निकाल्यो

by समतल अनलाइन

बुटवल । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध बुटवलमा सिठ्ठी जुलुस निकालेको छ ।नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेलको  नेतृत्वमा बुटवलको राजमार्ग चौराहाबाट मिलनचोकसम्म जुलुस निकालेको हो । भोली मंसिर २९ गतेको विरोधसभा सफल बनाउन पूर्वसन्ध्यामा नेविसंघले बिरोध जुलुस निकालेको हो ।

भोली मंसिर २९ गतेको विरोधसभा सफल पारौं ,सरकारका गलत कामको बिरोध गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । भोलि कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ ।

कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेको भन्दै नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेलले सरकारलाई सडकबाटै तह लगाउने दाबि गरे ।

उनले सरकारको एकमात्र मिसन सबैकुरामा कमिसन भएको दाबि गरे । कार्यक्रमको संचालन नेबिसंघ यज्ञोदय बहुमुखी क्याम्पस सचिब धनराज कडेँलले गरेका थिए ।

 
 
  
 

You may also like