थप १०५६ जनामा कोरोना पुष्टि, २४ घण्टामा १४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १०५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०५६ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ४४ हजार ४३३ संक्रमित पुगेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४८३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ३० हजार ५३७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १८ लाख ५ हजार ९७२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५२५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १२ हजार २४५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like