बुटवलका सडक डिभाइडरमा हयिालीसहित बुद्ध प्रतिमा, रामापिथेकश र कर्णेल उजिरसिंहका आकृत्ति राखिने

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरले सञ्चालन गरेको हरियाली प्रबद्र्धन र सहरी शौन्दर्यकरणमा यहाँका वित्तीय संस्था, सामाजिक संघ संस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाएका छन् ।
मुख्य सहरका सडकमा रहेका डिभाइडरलाई सिंगारेर एकनाशका हरियाली बनाइने छ । तिनैमा बुद्धका जोडिएका प्रतिमा, रामापिथेकशको मुर्ती र कर्णेल उजिरसिंहका आकृत्ति राखिने भएको छ ।
पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पर्ने सडक डिभाइडरमा हयिालीसहित बुद्ध प्रतिमा, रामापिथेकश र उजिरसिंहका आकृत्ति राख्न उपमहानगरसंग ति संघसंस्थाले सहकार्य गर्ने भएका हुन ।
मंगलबार उपमहानगरमा एक समारोहका बीच यहाँका वित्तीय संस्था, सामाजिक संघ संस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बुटवल र बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय मणिग्रामको जिम्मेवारी र क्षेत्राधिकारमा रहेका बुटवल उपमहानगरपालिका क्षेत्र खण्डमा पर्ने सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा हरियाली प्रबद्र्धन गरिने छ ।
बुटवलमा पर्ने राजमार्ग खण्डको सडक बीचको भागलाई एकरुपतामा अनेक सुन्दरता कायम गर्नेगरी सहकार्यको सम्झौता भएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
बुद्धाबलीको बुटवलको असली चिनारी गराउनेगरि हरियालीसहितको सभ्यताको बुटवल, मानव सभ्यताको बुटवल, राष्ट्रिय स्वाभिमानका नायक कर्णेल उजिरसिंहको बुटवलको आकृत्तिले सडक डिभाइडर सिगार्नेगरि सहकार्यको सम्झौता भएको प्रमुख सुवेदीले बताउनुभयो ।
गोलपार्कदेखि योगिकुटीसम्म र लुम्बिनी प्रादेशिक अस्पताल चोकदेखिकृषि उपज थोक बजार केन्द्र चोकसम्म राजमार्गको विचमा रहेको मेडियनमा फुल विरुवा लगाइने छ भने त्यहीँ व्यवस्थित रुपमा बुद्ध प्रतिमा, रामापिथेकशको आकृति र कर्णेल उजिरसिंहको शालिक राखिने छ । हरियालीका लागि रोपिने विरुवा, फुल, तारजाली र प्रतिमा सबै एकै साइजका हुनेछन् ।
बुटवलको हरियाली प्रबद्र्धनका साथै बुद्धाबलीको बुटवलका रुपमा चिनाउने प्रयासमा यहीँका सामाजिक संघ संस्था, वित्तीय संस्था र क्लबहरुको सहकार्य मोडलको नयाँ अभियान सुरु गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।
हरियाली प्रबद्र्धनसहितको सहरी शौन्दर्यकरणको यो नौलौ अभियानमा उपमहानगरका तर्फबाट महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल र सम्बन्धित संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गर्दै अभियान अगाडि बढाइएको छ ।
गोलपार्क चोकदेखि बहुमुखी पथसम्म सहस्रनगर युवा क्लब, बुटवल बहुमुखी पथदेखि क्याम्पसगेट सम्मको ‘बल्क ए’मा हिमालय बैंक लिमिटेड, ट्राफिक चोकदेखि दुर्गा मन्दिर उत्तरसम्म लायन्स क्लब अफ बुटवल मिलनले सहरी हरियाली प्रबद्र्धनका काम गर्नेछन् ।
यस्तै दुर्गा मन्दिर उत्तरदेखि दुर्गा मन्दिर दक्षिणसम्म सनराइज बैंक लि, सहिद पार्क (महेन्द्रपार्क) देखि प्रादेशिक अस्पताल गेटसम्म बुटवल सुनचाँदी व्यवसायी संघले शौन्दर्यकरणमा सहकार्य गर्ने भएको उपमहानगरका नगर योजना आयोगका सदस्य सचिव मेघराज भट्टराईले जानकारी दिनुभयो ।
यस्तै प्रादेशिक अस्पताल गेटदेखि भुड्की चोकसम्मको क्षेत्रमा लायन्स कल्ब अफ बुटवल डाइनामिक लेडिज, भुड्की चोकदेखि बसपार्क सम्ममा लायन्स कल्ब अफ बुटवल क्षितीज तथा मिलनचोकदेखि पश्चिमाञ्चल फाइनान्ससम्मको क्षेत्रमा रोटरी क्लब अफ बुटवल डाउनटाउनले सहकार्य गर्ने भएका छन् ।
प्रादेशिक अस्पताल इमरजेन्सी गेटदेखि होटल राजदुतसम्म लायन्स क्लब अफ बुटवल देउराली, यस्तै बस टर्मिनल परिसरमा शाइन रेशुङगा बैंक र लक्ष्मीनगर प्रवेशद्वार अगाडिदेखि कस्तुरी मिष्ठान्न भण्डारसम्मको क्षेत्रमा समाजसेवी नरिश्वर पौडेल, भुवनेश्वरी टोलविकास संस्था र पश्चिम नेपाल बस व्यवसायी प्रालिले सहकार्य गर्नेगरि सम्झौता भएको छ ।
हरियाली प्रबद्र्धन कार्यको अनुगमन प्रथम पक्षको हैसियतमा वुटवल उपमहानगरपालिका कार्यालय, सडक डिभिजन कार्यालय तथा बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार परियोजना कार्यालयबाट हुनेगरि सहकार्य गरिएको बुटवल उपमहानगरपालिकाको राजमार्ग हरियाली प्रबर्धन समितिका संयोजक तथा वडा नं.१० का अध्यक्ष पदम थापाले जानकारी दिनुभयो ।
उपहामगरले शौन्दयकरण अभियानको सहजीकरण र समन्वयका लागि वन,वातावरण तथा बिपद् ब्यबस्थापन शाखाको शाखा प्रमुख बिजयदेब भूर्तेल र वातावरण ईन्जिनियर योगेश चापागाईंलाई जिम्मेवारी दिएको छ ।

 
 
  
 

You may also like