थप १०१४ जनामा कोरोना पुष्टि, २४ घण्टामा २० जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १०१४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०१४ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ४१ हजार ९९५ संक्रमित पुगेका छन् ।

ad
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख २७ हजार ४३३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २२० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख ९० हजार ७३९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५२७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १२ हजार ९४८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like