थप १०२४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १० जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १०२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०२४ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ३९ हजार ८८५ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख २४ हजार ५३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख ७८ हजार २४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५३६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १४ हजार २५५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like