कपिलवस्तुका सशस्त्र प्रहरी सहायक हवल्दार घुसरकम सहित पक्राउ

by समतल अनलाइन

बुटवल।कपिलवस्तुका सशस्त्र प्रहरी सहायक हवल्दार घुसरकम सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल,बोर्डर आउट पोष्ट कृष्णनगरका प्रहरी सहायक निरिक्षक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ३५ हजार रकम लिदै गर्दा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

घूस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घूस वापतको साे रकम लिइसकेको अवस्थामा कृष्णनगर नगरपालिका वडा नं.२ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट रङ्गेहात नियन्त्रणमा लिइएको दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

 
 
  
 

You may also like