थप १२७२ जनामा कोरोना पुष्टि, २४ घण्टामा १६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १२७२ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ३८ हजार ८६१ संक्रमित पुगेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५७५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख २१ हजार ८४७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९२.८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ३१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख ७१ हजार ९५० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५३७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १५ हजार ४४७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like