पाल्पामा कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । पाल्पामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेका पाल्पाका एक र स्याङ्जाका एक पुरुषको बुधबार बिहाज ज्यान गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पाल्पाको बगनासकाली गाउ“पालिका–१, चिर्तुङधाराका ३८ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षिय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको कलेजले जनाएको छ ।

पाल्पा बगनासकालीका पुरुषको १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना भएर उनको उपचार भैरहेको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका गल्याङ्का पुरुषको २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

नागरिक अनलाइनमा

 
 
  
 

You may also like