पत्रकारद्वय पाण्डेयलाई पितृ शोक

by समतल अनलाइन

बुटवल । रुपन्देहीका पत्रकारद्वय अमृत पाण्डेय र सञ्जु पौडेल पाण्डेय लाई पितृ शोक परेको छ । सबल पोष्ट साप्ताहिकका प्रधान सम्पादक अमृत पाण्डेय तथा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिकका तिलोत्तमा संवाददाता समेत रहेकी सञ्जुका ससुरा बुवा अमृतका बुवा खडानन्द पाण्डेको आइतबार भैरहवा स्थित यूनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

पाण्डेयको कोरोना संक्रमण भएपछि उपचार गर्दै गर्दा ६८ वर्षको उमेरमा मृत्यु भएको हो ।

गत मँसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डेयको स्वास्थ्य अवस्था खराब भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार गरिएको थियो भने थप उपचारका लागि शनिबार भैरवाको मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

स्याङ्जाको गालिगण्डकी गाउँपालिका २ कोटाकोट घर भई हाल बुटवलं११ कालिकानगर बस्दै आएका थिए । मृतक पाण्डेयका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

 
 
  
 

You may also like