बुटवल – पाल्पा सडकखण्ड १४ गते देखि १८ गते सम्म दैनिक ४ घन्टा बन्द हुने

by समतल अनलाइन

बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।

झुम्सा–दोभान खण्डमा सडक कालोपत्रे गर्नका लागि मंसिर १४ गते आइतबारदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई अघि बढाएको छ ।

 
 
  
 

You may also like