कोरोनाबाट १७ दिनकी सुत्केरीको मृत्यु

by समतल अनलाइन

मोरङ । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा एक सुत्केरीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–१० घर भएकी २५ वर्षीय सुत्केरीको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

१७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मिर्गौलामा खराबी र निमोनिया देखिएको थियो ।

२५ गते शल्यक्रियामार्फत छोरी जन्माएकी महिलालाई ३० कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । झापाको दमकस्थित आम्दा अस्पतालमा कात्तिक २५ गते शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो ।

चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरेका थिए । विराटमा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । विराटमा पाँच दिनको उपचारपछि होम आइसोलेसनमा बस्ने भन्दै घर लगिएको थियो । तर घरमा बस्दा अवस्था सुधार नभएपछि आफन्तले बुधबार नोबेलमा भर्ना गराएका थिए ।

 

 
 
  
 

You may also like