थप १९४८ जनामा कोरोना पुष्टि, २४ घण्टामा २८ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १९४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १९४८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख २६ हजार २६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १४० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७ हजार ९९८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २१० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १६ लाख ९० हजार ५०९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६६९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १६ हजार ६३९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like