कोरोनाबाट आज थप १५ सहित मृतकको संख्या ११८९ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप १९१३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १९१३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ४ हजार २४२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ६४ हजार ५९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८०.५ रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like