माओवादी केन्द्रका सचिव उपाध्याय भन्छन्, ‘दलाल शासकहरुका कारण देशभक्त नागरिकको मन रोएको छ’ नेपाली भुमिको रक्षार्थ विद्रोह अनिवार्य राजकुमार चमार

by समतल अनलाइन

रुपन्देही । देशभक्त नागरिकहरुको मन मुलुकमा व्यप्त जनघाती, राष्ट्रघाती व्यवस्था र दलाल शासकहरुका कारण रोएको भन्दै नेकपा (माओवादी केन्द्र) का सचिव विनोद उपाध्यायले आम चिन्ता व्यक्त गरेका छन ।

पछिल्लो रअ प्रमुख र भारतीय स्थल सेनाध्यक्ष मुकुन्द नरवणेको नेपाल भ्रमण र त्यसले नेपालको राष्ट्रियसार्वभौमिकता र स्वतन्त्रतामाथि पारेको प्रभावप्रति संकेत गर्दै माओवादी केन्द्रका सचिव उपाध्ययले आज आफ्नो फेसबुक स्टाटस मार्फत त्यस्तो चिन्ता गरेका हुन ।

रुपन्देहीबाट पूर्व संसद समेत रहेका माओवादी केन्द्रका सचिव उपाध्यायले सन् १८१६ को सुगौली सन्धि पश्चात नेपाली भूमि बारम्बार खोसिदैं गएको र पछिल्लो चरणमा भारतीय विस्तारवादले पुर्न नेपालका भूभागमाथि आँखा गाडेको प्रति आपत्ति जनाएका छन ।

उनले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगाएतका भूभागमा भारतले बारम्बार आक्रमण गर्ने दुश्साहस गरिरहेको प्रति लक्षित हुदैं त्यसमा नेपाल सरकारको भूमिकाका कारण नेपाली देशभक्त नागरिकहरुको मन र मुटु रोएको बताएका छन ।

पछिल्लो रअ सँग प्रधानमन्त्री केपी ओलीको गोप्य भेटवार्ता र त्यसैको निरन्तरतामा भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणको माओवादी केन्द्र लगाएका विभिन्न २१ राजनीतिक संगठनहरुले विरोध जनाउँदै, त्यो नेपालको सार्वभौमिकतामाथिको सड्यन्त्रकारी योजना अनुसार भैरहेको तर्क गर्दै आएको छ ।

यसरी २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणको कडा विरोध गरिरहेको अवस्थामा नेता उपाध्यायको भनाई आएको देखिन्छ । उनको भनाई देशभक्त नागरिकहरु राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका तमाम समस्या समाधानको लागि पुर्न संगठित विद्रोहको तयारीमा जुट्नुपर्छ भन्ने कोणबाट आएको पाइन्छ ।

 
 
  
 

You may also like