नेपालमा कोरोनाबाट आज थप २४ सहित मृतकको संख्या ९८४ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप २९ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल २९ सय ३३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ७६ हजार ५०० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

ad

 
 
  
 

You may also like