थप २९ सय ३३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३७ हजार ५२४

by समतल अनलाइन

काठमाडौ । नेपालमा थप २९ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल २९ सय ३३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ७६ हजार ५०० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३१ सय ५० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ३७ हजार ९९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७८.१८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४४६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ६९ हजार ८१२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ११९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३७ हजार ५२४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

ad

 
 
  
 

You may also like