सिद्धबाबाबाट तिनाउमा मोटरसाइकल खस्दा २ जना घाइते

by समतल अनलाइन

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्र नजिक सडकबाट एक मोटर साइकल तिनाउ नदीमा खसेको छ ।

तिनाउ गाउँपालिकाको दोभानबाट बुटवलतर्फ आउँदै गरेको दुई जना सवार मोटर साइकल शनिबार साँझ सडकबाट तल खसेको हो ।

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र नजिक पाल्पाबाट बुटवल आउँदै गरेको लु ९ प ७१५७ नम्बरको मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार मोटरसाइकलका चालक पाल्पाको बगनासकाली गाउँपालिका-३ का २९ वर्षीय रुक बहादुर हिस्टी मगर र मोटरसाइकलको पछाडी सवार तिनाउ गाउँपालिका-६ का १९ वर्षीय दान बहादुर लम्तरी घाइते भएका छन् ।
दुर्घटनामा परि चालक हिस्टी मगर गम्भीर घाइते भएका छन भने अर्का घाइतेको अवस्था सामान्य रहेको ज्ञवालीले जानकारी दिए ।

 
 
  
 

You may also like