नदिमा डुबेर २ बालिकाको मृत्यु

by समतल अनलाइन

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

 
 
  
 

You may also like