थप २ हजार ८५६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४५ हजार ५७२

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २ हजार ८५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल २ हजार ८५६ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ५८ हजार ८९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ सय ३६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ८ हजार ३३४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९.७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख ९३ हजार १७३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २७७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा आज १५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

 
 
  
 

You may also like