दशैँमा बनाइने पाँच प्रसिद्ध परिकारहरु

by समतल अनलाइन

दशैं नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म मनाउने गर्छन् ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । चाडपर्वमा विभिन्न परिकार बनाएर खाने नेपाली समाजमा वर्षौदेखि चलन रहेको छ ।
पुस्तौ देखी प्रचलनमा रहेका प्रख्यात नेपाली परिकारहरु –

खसीको मासुको परिकार

नेपालमा दशैँको अवसरमा खसी वा बोकाको मासुको विभिन्न परिकार बनाएर खाने चलन छ । घरमा खसी नकाटे सम्म दशैं आउदैन भन्ने मानिसहरुको भनाइ रहेको छ ।

खसीको मासुको मटन सेकुवा, रगती, भुटन, टाउको तथा खुट्टाको झोल आदि परिकारहरु नेपाली समाजमा निकै नै रुचाईंन्छ ।

आलु-काउलीको तरकारी

वर्षा ऋतुको अन्त्य संगै दशैंको आगमन हुन्छ, दशैँ किसानहरुले नया बालि भित्र्याउने समय हो । बजारमा नया सिजनको काउली उपलब्ध हुने भएकोले दशैंमा आलु-काउली को तरकारी मासु संगै साइड डिसको रुपमा लिइन्छ ।

भटमास साँधेको

भटमास पाचन प्रक्रियाको लागि राम्रो हुन्छ । यो नेवारी समुदायमा बढि प्रचलानमा रहेको छ । यो खाजाको रुपमा र पिय पदार्थ सँग स्न्याक्सको लागि खाने गरिन्छ ।

अचार

दशैँको बेलामा गालेको आचर खाना सँग खाने गर्छन् । यो अचार बनाउन समय लाग्ने भएको कारण दशैं आउनु भन्दा १०-१५ दिन अगाडी बनाउनु पर्छ । काक्रो तथा मुलाको फरमेन्ट गरेर यो अचार बनाउछन् । यो अरु परिकारसँग खादा निकै स्वादिस्ट हुन्छ ।

सिकरनी

दहि, अलैची र बदामलाई मिश्रण बनाएर सिकरनी बनाइन्छ, यो डेजर्टको रुपमा खाने गरिन्छ ।

 
 
  
 

You may also like