रुपन्देहीमा शनिबार थप १४० जनामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा शनिबार थप १४० जना कोरोना संक्रमण पुष्टि भएको छ । यश संगै रुपन्देहीमा संक्रमितको संख्या ५ हजार ७ सय ७ जना पुगेको छ ।

जिल्ला स्वस्थ्य कार्यलयका अनुसार बुटवलमा ७१ जना, सैनामैनामा १८ जना, तिलोत्तमा र सिद्धार्थनगरमा १५।१५ जना, दृवदह र सुद्धोधनमा ६।६ जना, रोणिीमा ४ जना, मायादेबीमा ३ जना तथा सियारी र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा अहिलेसम्म ६२ जनाको ज्यान गुमाएका छन। जिल्लामा ३४०१ जना कोरोना मुक्त हुँदा २२४४ जनाले अहिले पनि होम आइसोलेसन सहित बिभिन्न अस्पताल तथा आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

 
 
  
 

You may also like