61
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।
नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल ४ हजार ४९९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ५३ हजार ८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।