रुपन्देही र सुनसरीमा गरि थप ३ कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौँ। सुनसरी र रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार अपराह्न मृत्यु भएको उनले जानकारी दिए ।

७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो । ती महिलामा सुगरको पनि समस्या थियो ।

योसँगै कोरोना विशेष अस्पताल बुटवलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको डा.गौतमले जानकारी दिए ।

 
 
  
 

You may also like