थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ७४९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
अहिलेसम्म कुल एक लाख २१ हजार ७४५ संक्रमित पुगेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय ६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ८४ हजार ५१८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९.४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १२ लाख ३७ हजार ६३६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २४ हजार १९४ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७० जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३१४ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । काठमाडौँ उपत्यकामा आज १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १६ सय ९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना संक्रमित भेटिएका छन् ।

 
 
  
 

You may also like