सिन्धुपाल्चोककी युवतीको अमेरिकामा रेलको ठक्करबाट मृत्यु

by समतल अनलाइन

काठमाडौं। अमेरिकामा रेल दुर्घटनामा परी सिन्धुपाल्चोककी एक युवतीको ज्यान गएको छ ।सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् । उनलाई त्यहाँ जिना भनेर चिनिन्थ्यो ।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रोडको रेलले मंगलबार बिहान ५ बजे उनलाई ठक्कर दिएको हो । ठक्करले घटनास्थलमै उनको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । उनको दाहसंस्कार आगामी शनिबार गरिने बताइएको छ ।

 

 
 
  
 

You may also like