बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवल कोरोना अस्थायी (विशेष) अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।संक्रमणबाट सुनवल नगरपालिका ४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२६ गते लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा आएको उनको २७ गते (हिजो) कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुटुको रोग तथा उच्च ग्यास्टिकको समस्या रहेको उनलाई हिजो बुटवल कोरोना अस्थायी विशेष अस्पतालमा रिफर गरी आइसियुमा राखेर उपचार गर्ने क्रममा आज बिहान २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

 
 
  
 

You may also like