थप ४३ सय ६४ संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ४३ सय ६४ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ सय ७५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ७१ हजार ३४३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १८ हजार ४७३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ११ लाख ३१ हजार ९५८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १४ हजार ९६७ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २३५ जना रहेका छन् ।
काठमाडौँ उपत्यकामा आज २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएका छन् ।

 
 
  
 

You may also like