आजको मौसम :सामान्य बदली, केही स्थानमा हल्का वर्षाको पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ। बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा सामान्य बदली भएको छ ।उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा पर्दा केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा र राति प्रदेश १ का एकाध ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like