थप १५ जनाको मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन् ।मृत्यु हुने काठमाडौँका ६ जना रहेका छन् भने मोरङका २ जना, सिरहा, रौतहट, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङका एक एक जना रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँका २ जना ६६ र ७२ बर्षका महिला छन् भने सिराहा, रौतहटकी ७२ बर्षकी महिला र दाङकी ७१ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ४ जना ४५, ५३, ६४ र ६९ बर्षका रहेका छन् भने मोरङका दुई जना ४० र ६० बर्षका रहेका छन् । त्यस्तै ललितपुरका ४६ बर्षका, चितवनका ६१ बर्षका, रुपन्देहीका ५५ बर्षका र नवलपरासीका ७६ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like