ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौं । ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा ३ जना र मेघा अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको हो ।

मृत्यु हुने संक्रमित मध्ये एकजना ३ जना महिला र एकजना पुरुष रहेका छन् ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षका एक पुरुष, ललितपुरका ७६ र ६८ वर्षका दुईजना महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा भएका एक पुरुष र दुई महिलाको शुक्रबार मृत्यु भएको हो ।

यस्तै मेघा अस्पतालमा भक्तपुरकी एकजना ९० वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । ती महिलालाई असोज १ गते अस्पताल भर्ना गरिएकोमा शनिबार (असोज ३ गते) मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

 
 
  
 

You may also like