144
चितवन। चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।
उनको आज बिहान ६ बजे मृत्यु भएको हो । दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् ।
previous post